Like us!
Follow us!
Connect us!
Watch us!

४/१२ लाई हटाउने सङ्केट गर्दै अर्थमन्त्रीले भने "कति कुरा मौद्रिक नीति मार्फत आउलान"

अर्थ संसार

बुधबार, १८ जेठ २०७९, २१ : १३ मा प्रकाशित

४/१२ लाई हटाउने सङ्केट गर्दै अर्थमन्त्रीले भने "कति कुरा मौद्रिक नीति मार्फत आउलान"

अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीति मार्फत  ४/१२ को नीति परिवर्तन हुन सक्ने संकेत गरेका छन् । नेपाल आर्थिक संघ, अर्थ मन्त्रालय र बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले संयुक्त रुपमा आयोजना गरेको बजेटबारे अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री शर्माले उक्त कुरा इसारा गरेका हुन्। 

अर्थमन्त्रीले बजेटमा रहेको बुँदा नं. ३३२ लाई इंगित गर्दै भने "के यो विषय पूंजी बजारको महत्वपूर्ण होइन ? तेस्तै मन्त्री शर्माले आफुहरुले नेपाल विद्युत प्राधिकरणको पनि साधारण सेयर निस्काशन गर्न रेटिङ्ग भैसकेको, गैर आवासीय नेपालीलाई पनि धितोपत्रमा प्रवेश गराउने कुराहरु र बाहिर प्रवेश गर्न पुगेका श्रमिक दाजु भाइ प्राथमिक रुपमा १० प्रतिशत छुटाउने कुरा बजेटमा राखेकोले अब पुजीबजारको विस्तार हुनेमा जोड दिए।  

मन्त्री शर्माले बजेटमा बजारको लागि पर्याप्त नीति कुरा उल्लेख भएको र अहिले बजारमा उठेका धेरै विषयहरु मौद्रिक नीति मार्फत समाधान हुने उल्लेख गरे।  उनले भने 'यहाँ  उठेका कतिपय विषय मौद्रिक नीतिले सम्बोधन गर्ने गरि आउँला, आउनै पर्छ, त्यहिबाट सम्बोधन होला, विगतमा भएका निर्णयहरुका बारे ज्ञाता नै हुनु हुन्छ'।

कार्यक्रममा अर्थमन्त्रीलाई ४/१२ नीतिमा सुधार गर्न पर्ने सुझाव राखिएको थियो। 

के छ बुँदा नं. ३३२ मा ? 
एक अर्ब रुपैयाँ वा सो भन्दा बढीको पूंजी वा ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनी, प्राकृतिक स्रोतहरूको उपयोग गर्ने कम्पनी तथा राज्यबाट अनुदान, सहुलियत वा कर छुट प्राप्त गर्ने पब्लिक लिमिटेड कम्पनीहरूलाई धितोपत्रको सार्वजनिक निष्काशन गरी सूचीकृत हुनुपर्ने व्यवस्था गरिनेछ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको