Like us!
Follow us!
Connect us!
Watch us!

युनाईटेड इन्स्योरेन्सको साधारणसभा आज, लगानीकर्तालाई छैन लाभांश

अर्थ संसार

सोमबार, २३ जेठ २०७९, ०६ : २३ मा प्रकाशित

युनाईटेड इन्स्योरेन्सको साधारणसभा आज, लगानीकर्तालाई छैन लाभांश

युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले २८ औँ वार्षिक साधारणसभा आज जेठ २३ गते अनमोल ब्याङ्क्वेट शंखमुल काठमांडौमा बिहान ११ बजेबाट सुरु हुने छ ।कम्पनीले गत आर्थिक बर्षको मूनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

सभामा कम्पनीको सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । त्यस्तै सभाले मर्जर सम्बन्धी बिशेष प्रस्ताव समेत पारित गर्नेछ ।

सभामा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिने छ ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले ९ जेठम बुक क्लोज गरेको थियो यसअनुसार ८ जेठसम्म कायम सेयरधनीले मात्रै साधारणसभामा सहभागि हुन पाउनेछन् ।

629d4d55a484a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको