Like us!
Follow us!
Connect us!
Watch us!

यूनाइटेड इन्स्योरेन्सकाे साधारण सभा सम्पन्न, ५.२६ प्रतिशत लाभांश पारित

अर्थ संसार

विहीबार, २८ पुस २०७९, ११ : ४२ मा प्रकाशित

यूनाइटेड इन्स्योरेन्सकाे साधारण सभा सम्पन्न, ५.२६ प्रतिशत लाभांश पारित

यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको २९औं वार्षिक साधारण सभा पौष २७ गते अनमोल ब्याङ्गकेट, शंखमुल काठमाण्डौंमा सफलता पूर्वक सम्पन्न भएकाे छ । 

सभामा सञ्चालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७९ साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरिएकाे छ । आर्थिक वर्ष २०७९/८० का लागी बाह्य लेखापरीक्षक एम. जि. एस एण्ड एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरिएकाे छ । 

कम्पनीको हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने तथा सोही बमोजिम प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरिएकाे छ । कम्पनीको संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अुनपात बमोजिम सञ्चालक समितिको गठन गर्ने तथा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र, नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय सर्वसहमतिले पारित गरिएकाे छ । 

कम्पनीेको गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा आर्थिक वर्ष २०७८/७९ मा बीमाशुल्क आर्जन ४२ प्रतिशतले वृद्धि भई रु. १ अर्ब ५६ करोड ४५ लाख ८६ हजार गर्न सफल भएको छ । त्यसैगरी गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा आर्थिक वर्ष २०७८/७९ मा कम्पनीको नाफामा ६८ प्रतिशतले वृद्धि भई रु. १५ करोड ८३ लाख ६८ हजार  भएको छ । साथै चालु आर्थिक वर्ष २०७९/८० को आश्विन मसान्तसम्ममा कम्पनीको खुद नाफा गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा ९० प्रतिशतले वृद्धि भई रु.२ करोड २६ लाख ९२ हजार भएकोे छ भने चालु आर्थिक वर्ष २०७९/८० को पौष ४ गतेसम्ममा कम्पनीले रु. ५१ करोड ५९ लाख २९ हजार बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको