Like us!
Follow us!
Connect us!
Watch us!

अजोड र युनाईटेड इन्स्योरेन्सले पाए मर्जरमा जान सेबाेनबाट अन्तिम स्वीकृति

अर्थ संसार

बुधबार, १० जेठ २०८०, १० : ४७ मा प्रकाशित

अजोड र युनाईटेड इन्स्योरेन्सले पाए मर्जरमा जान सेबाेनबाट अन्तिम स्वीकृति

नेपाल धिताेपत्र बाेर्डले अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड र युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडलाई मर्जरमा जान अन्तिम स्वीकृति दिएको छ । 

"धिताेपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७९ को" व्यवस्था बमोजिम यी २ इन्स्योरेन्सलाई एक आपसमा गाभ्न र गाभिन सेबाेनले जेठ १० गतेकाे पत्रमार्फत अन्तिम स्वीकृति प्रदान गरेको हो। 

प्रभुसँग मर्जर भाँडिएपछि अजोड र यूनाइटेड इन्स्योरेन्सबीच पौष २६ गते मंगलबार मर्जर सम्झाैता भएकाे थियाे । दुवै कम्पनी एक आपसमा गाभिएपछि नयाँ बन्ने कम्पनीको नाम "युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड" रहने सहमति भएको छ ।

सूचना हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको