Like us!
Follow us!
Connect us!
Watch us!

अजोड र युनाईटेड इन्स्योरेन्सले पाए मर्जरमा जान सैद्धान्तिक सहमति

अर्थ संसार

मंगलबार, ०३ माघ २०७९, १२ : ०४ मा प्रकाशित

अजोड र युनाईटेड इन्स्योरेन्सले पाए मर्जरमा जान सैद्धान्तिक सहमति

नेपाल बीमा प्राधिकरणले अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड र युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडलाई मर्जरमा जान सैद्धान्तिक सहमति दिएको छ । 

"बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६ को" दफा ६ बमोजिम यी २ इन्स्योरेन्सलाई एक आपसमा गाभ्न र गाभिन प्राधिकरणले पाैष २९ गतेकाे पत्रमार्फत सैद्धान्तिक सहमति प्रदान गरेको हो। 

प्रभुसँग मर्जर भाँडिएपछि अजोड र यूनाइटेड इन्स्योरेन्सबीच पौष २६ गते मंगलबार मर्जर सम्झाैता भएकाे थियाे । दुवै कम्पनी एक आपसमा गाभिएपछि नयाँ बन्ने कम्पनीको नाम "युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड" रहने सहमति भएको छ ।

सूचना हेर्नुहाेस् :

63c63f0e1a406.jpg 63c63f150f364.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको