Like us!
Follow us!
Connect us!
Watch us!

एसवाई प्यालनको आईपीओ बाँडफाँड

अर्थ संसार

सोमबार, ०३ कार्तिक २०८२, ०८ : ५७ मा प्रकाशित

एसवाई प्यालनको आईपीओ बाँडफाँड

एसवाई प्यानल नेपाल लिमिटेडले उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २ लाख ६१ हजार ६२७ कित्ता आईपीओ असोज ७ गतेदेखि असोज २१ गतेसम्मका लागि आईपीओ बिक्री खुला गरेको थियो ।

निष्कासन अवधिभर रितपूवर्क आवेदन दिएकामध्ये ३ हजार ५९ जना आवेदकलाई कात्तिक २ गते आईपीओ बाँडफाँड गरिएको कम्पनीले जानकारी दिएको छ । यससँगै कम्पनीले पहिलो चरणमा निष्कासन गरेको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । अब कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको