Like us!
Follow us!
Connect us!
Watch us!

नारायणी डेभलपमेन्ट बैंकले डाक्यो विशेष साधारणसभा, १०० प्रतिशत हकप्रदको प्रस्ताव

अर्थ संसार

मंगलबार, २४ जेठ २०७९, ०६ : २१ मा प्रकाशित

नारायणी डेभलपमेन्ट बैंकले डाक्यो विशेष साधारणसभा, १०० प्रतिशत हकप्रदको प्रस्ताव

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले विशेष वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको जेठ २३ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको विशेष वार्षिक साधारण सभा असार ८ गते, होटल पौवा चितवनमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

विशेष सभाबाट जारी तथा चुक्ता पूँजी बृद्धी गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकवाट प्राप्त निर्देशन समेतलाई ध्यानमा राखी हाल कायम चुक्ता पूँजीको २६ करोड २४ लाखको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने बिषेश प्रस्ताव पारित गरिने छ ।

त्यसैगरी, बैंकले विशेष साधारण सभा प्रयोजनका लागि जेठ ३० गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, जेठ २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छः 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको