Like us!
Follow us!
Connect us!
Watch us!

आईतबारको साप्ताहिक बिदा खारेज, सेयर बजार के हुन्छ ?

अर्थ संसार

मंगलबार, २४ जेठ २०७९, १० : ५६ मा प्रकाशित

आईतबारको साप्ताहिक बिदा खारेज, सेयर बजार के हुन्छ ?

नेपाल सरकारले आइतबार  दिँदै आएको साप्ताहिक बिदा खारेज गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक बिदा नदिने निर्णय गरेको हो । अब सरकारले आइतबारको विदा स्थगित गरेसंगै नेप्सेमा आइतबार पनि सेयर कारोबार हुने भएको छ । 

नेप्से श्रोतका अनुसार सरकारको निर्णय संगै अब नेप्से पनि पहिलेकै तालिका अनुसार सञ्चालन हुन्छ । ‘अब हाम्रो सञ्चालक समितीको बैठक बसेर यसको औपचारिक निर्णय गर्नेछ’ श्रोतले भन्यो ‘आइतबार सार्वजसनक विदा स्थगित भएपछि आइतबार नेप्से बन्द हुने भन्ने कुरै हुँदैन अब पहिले जस्तै शुक्रबार र शनिबार सेयर कारोबार बन्द हुनेछ ।’   

सरकारले जेठ १ देखि  शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिँदै आएको थियो । जनस्तरबाट तिब्र विरोध भएपछि सरकारले बिदा खारेज गरेको हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको