Like us!
Follow us!
Connect us!
Watch us!

यूनाइटेड इन्स्योरेन्स : लगानीकर्ताको हात खाली, सीइओको तलब वार्षिक ४५ लाखमाथि

अर्थ संसार

मंगलबार, २४ जेठ २०७९, १० : ५८ मा प्रकाशित

यूनाइटेड इन्स्योरेन्स : लगानीकर्ताको हात खाली, सीइओको तलब वार्षिक ४५ लाखमाथि

यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लिमिटेडको २८औं वार्षिक साधारण सभा हिजाे जेठ २३ गते अनमोल ब्याङ्गकेट, शंखमुल काठमाण्डौंमा सम्पन्न भएकाे छ । 

कम्पनीले गत आर्थिक वर्षकाे मुनाफाबाट लगानीकर्ताहरूका लागि कुनै प्रकारकाे लाभांश प्रस्ताव गरेकाे थिएन । त्यसैले, लगानीकर्ताहरूकाे हात खाली भएकाे छ । यसअघि कम्पनीले अन्तिमपटक २०७२/७३ मा १०% बाेनस सेयर प्रदान गरेको थियो।

कम्पनीकाे हिजाे सम्पन्न भएकाे वार्षिक साधारण सभाले कम्पनीकाे प्रमुख कार्यकारी अधिकृत (सीईओ) को वार्षिक तलव ४५ लाख ६८ हजार ६ सय ५१ रुपैयाँ पारित गरेको छ। 

युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको सीईओ उपासना पौडेल बीमा क्षेत्रको एकमात्र महिला सीईओ हुन । यस तलव बाहेक उनलाई कम्पनीको तर्फबाट संचय कोष, दसैँ खर्च, औषधोपचार खर्च, संचित बिदा खर्च, बनोस, अन्य भत्ता, सवारी तथा इन्धन सुविधा उपलब्ध गरिन्छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको