Like us!
Follow us!
Connect us!
Watch us!

मल अभावले कृषकलाई सधैँ सास्ती

अर्थ संसार

मंगलबार, २४ जेठ २०७९, १३ : ३५ मा प्रकाशित

मल अभावले कृषकलाई सधैँ सास्ती

धान रोप्ने समय सुरु हुन लागेका बेला मल अभाव हुँदा तनहुँका कृषकलाई निकै समस्या देखिएको छ । धानको बीउ राख्ने बेलामा रसायनिक मल नपाउँदा कृषक चिन्तित बनेका हुन् । 

मकै गोड्ने बेलादेखि नै मलको अभाव भएपछि समस्या भएको व्यास नगरपालिका–११ पोल्याङका राजेन्द्र पौडेलले गुनासो गरे । “मकै गोड्दा पनि मल चाहिन्थ्यो, त्यो बेला पनि पाइएन, दमौलीमा नपाएपछि डुम्रेमा पुगेर चर्को मूल्यमा खरिद गर्नुपर्याे”, पौडेलले भने, “अब धान रोप्ने बेला आउन लाग्यो, मल चाँही कहिले आउँछ कुन्नि ।”

पौडेलले मकै गोड्ने बेला दमौलीमा मल नपाएपछि डुम्रेमा पुगेर मल खरिद गरेर ल्याएको बताए । उनले असारको पहिलो साताबाट धान रोप्ने तयारी गरेका छन् । अहिले धानको बीउ राख्ने बेला भएपनि मल नपाउँदा सास्ती भएको उनले बताए । 

मल खरिद गर्न तीन-चार पटक बजार धाउँदा पनि मल नपाएको भिमादकी देवी खनालले गुनासो गरे । धान रोप्ने बेला डिएपी र गोड्ने बेला युरिया मल प्रयोग गरिन्छ । वर्षौदेखि रासायनिक मल हालिरहेको खेतबारीमा गोबर मल मात्रैले काम नगर्ने किसान बताउँछन् । शुक्लागण्डकीका केदार पौडेलले गोबर मलले मात्रै नहुने भएकाले रासायनिक मल आवश्यक पर्ने बताए ।

शुक्लागण्डकीकै सुशन पौडेलले मल अभाव हुँदा कृषि पेशामा जाँगर हराउँदै गएको बताए । 

कृषि सामग्री कम्पनी लिमिटेड दमौली शाखाका अनुसार तनहुँँमा वार्षिक एक हजार पाँच सय टन युरिया मल माग हुने गरेकामा चालु आर्थिक वर्षमा पाँच सय टन मात्रै मल भित्रिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको