Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताहरूले ७ देखि १० दिनभित्रै शुभ समाचार सुन्न पाउनेछन् : छोटेलाल रौनियार

अर्थ संसार

शुक्रबार, २७ जेठ २०७९, १७ : ०५ मा प्रकाशित

लगानीकर्ताहरूले ७ देखि १० दिनभित्रै शुभ समाचार सुन्न पाउनेछन् : छोटेलाल रौनियार

सेयर विश्लेषक एवमं नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार पनि पूँजी बजारको विकास र विस्तारका लागि गरिएको आन्दोलनमा आफ्नो समर्थन जनाउँदै सडकमा उत्रिएका छन् । 

सरकारका कारण आज सेयर लगानीकर्ताहरू पनि यसरी संसद भवन अगाडि आउन बाध्य भएका उनी बताउँछन् । विद्यार्थीदेखि गृहिणीसम्मको लगानी भएको बजारमा नियामक निकायले नियन्त्रकको भूमिका खेलेकोमा उनले गुनासो गरेका छन् । 

नियामकले लगानीकर्ताहरूलाई बाँधेको गाईको जस्तो व्यवहार गरेको उनले आपत्ति जनाएका छन् । आफूहरूको माग पुरा नभएसम्म आन्दोलन जारी रहने भन्दै उनले यस आन्दोलनको नेतृत्व गरेका पूँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालालाई तन, मन र धन सबै तरिकाबाट साथ र सहयोग प्रदान गर्ने बताएका छन् । 

त्यसैगरी, उनले हालै मात्र अर्थमन्त्रालयले पूँजी बजारबाट प्रतिनिधित्व गर्ने लगानीकर्ताहरूलाई समावेश नगरी गठन गरेको सुझाव समिति पनि आफूलाई मान्य नरहेको बताए । 

मन्तव्यकै क्रममा उनले लगानीकर्ताहरूले ७ देखि १० दिनभित्रै शुभ समाचार सुन्न पाउने पनि बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको