Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकले पायाे ऋणपत्र निष्कासन गर्न बाेर्डबाट अनुमति, व्याज कति ?

अर्थ संसार

शुक्रबार, २७ जेठ २०७९, १७ : ५८ मा प्रकाशित

सिद्धार्थ बैंकले पायाे ऋणपत्र निष्कासन गर्न बाेर्डबाट अनुमति, व्याज कति ?

सिद्धार्थ बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेकाे छ ।

बैंकले १० वर्ष अवधिकाे "१० वर्ष, १०.७५% एसबीएल डिबेञ्चर, २०८९" काे नाममा ४ अर्ब रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबाेनबाट आज (जेठ २७ गते, शुक्रबार) अनुमति पाएकाे हाे । निष्कासन गरिने कुल ४० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ ।

त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटल लिमिटेडले गर्नेछ ।

62a335fea529c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको