Like us!
Follow us!
Connect us!
Watch us!

युवा रोजगारी सिर्जनाका लागि नेपाल चेम्बर अफ कमर्सले स्थानीय तहसँग सहकार्य गर्ने

अर्थ संसार

आइतबार, २९ जेठ २०७९, १५ : ३० मा प्रकाशित

युवा रोजगारी सिर्जनाका लागि नेपाल चेम्बर अफ कमर्सले स्थानीय तहसँग सहकार्य गर्ने

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले युवा रोजगारी सिर्जना तथा उद्यमशिलता विकासका लागि स्थानीय तहसँग सहकार्य गर्ने बताएका छन् ।

महोत्तरी चेम्बर अफ कमर्सले बर्दिबासमा आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष मल्लले स्वदेशमै रोजगारी सिर्जना गरेर युवा पलायन हुनबाट रोक्नुपर्ने बताए । युवा उद्यमशिलता  तथा आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि प्राकृतिक श्रोतको उच्चतम प्रयोग, विदेशमा सिकेको सिपलाई नेपालमा प्रर्वद्धन गर्न नेपाल चेम्बर अफ कमर्सले सबै स्थानीय तहसँग सहकार्य गर्न चाहेको अध्यक्ष मल्ललको भनाई छ । 

अध्यक्ष मल्लले भने, ‘विदेशबाट फर्किएका युवाहरुको लागत संकलन गरेर उनिहरुको सिपलाई राज्यले प्रोत्साहन गर्न नीतिगत व्यवस्था गर्न आवश्यक छ । सरकाले ५० वर्षसम्म जग्गा भाडामा उपलब्ध गराउने बजेटमा घोषणा गरेको छ । युवाहरुको सिपलाई एकीकृत गरेर औद्योगिक ग्राम बनाउन सकिन्छ । यसमा अन्तराष्ट्रिय कम्पनीलाई पनि प्रोत्साहन गर्न सकिन्छ र लगानी मार्फत विदेशमा सिकेको ज्ञान तथा सिपलाई उत्पादनसँग जोड्न सकिन्छ ।’

युवा स्वरोजगारी मार्फत आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि मुलुक भित्रका प्राकृतिक श्रोतको उच्चतम सदुपयोग गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिएका छन् ।

अध्यक्ष मल्लले महोत्तरीमा उत्पादित उखु, फलफुल लगायत अन्य उपभोग्य वस्तुको बजारिकरणका लागि जिल्ला चेम्बरले सहकार्य गर्ने समेत बताए । मुलुकमा बिचौलिया राजको अन्त्यका लागि कृषक र उपभोक्तासम्म सिधा सम्पर्क हुनेगरी बजारको व्यवस्था गर्न चेम्बर अफ कमर्सले पहल गर्ने समेत बताए ।

मुलुकमा चरम व्यापार घाटा भईरहेको सन्र्दभमा अध्यक्ष मल्लले भुक्तानी सन्तुलनलाई कायम राख्नु सबैभन्दा ठूलो चुनौती भएको बताए । मुलुकको भुक्तानी सन्तुलन कायम राख्नका लागि आयत र निर्यातलाई व्यवस्थित गर्नुपर्ने अध्यक्ष मल्लले बताए । 

यस्तै अध्यक्ष मल्लले कर राजश्व नीति पनि एकल द्धारको हुनुपर्ने बताए । मुलुकको अर्थतन्त्रलाई निजी क्षेत्रले धानिरहेको भन्दै अध्यक्ष मल्लले सहज ढंगले व्यवसाय गर्ने वातावरण राज्यले बनाउनुपर्ने बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको