Like us!
Follow us!
Connect us!
Watch us!

सातामा ६ दिननै दोस्रो बजार कारोबार खोल्ने तयारीमा नेप्से

अर्थ संसार

सोमबार, ३० जेठ २०७९, ०६ : १४ मा प्रकाशित

सातामा ६ दिननै दोस्रो बजार कारोबार खोल्ने तयारीमा नेप्से

नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सातामा ६ दिननै धितोपत्रको दोस्रो बजार कारोबार खोल्ने तयारी गरेको छ । हालसम्म सातामा ५ दिनमात्र दोस्रो बजार कारोबार खुल्ने गरेकोमा अब सरकारले आईतबारको सार्वनिक विदा कटौति गरेसंगै ६ दिन नै कारोबार खोल्ने तयारीमा नेप्से छ ।

सरकारले आईतबारको सार्वजनिक विदा दिनु पहिले पनि नेप्सेमा सातामा ५ दिन मात्र कारोबार हुन्थ्यौ । पहिले शुक्रबार र शनिबार बन्द हुने नेप्से सरकारको आईतवार पनि सार्वजनिक विदा दिने निर्णय पछि शनिबार र आईतबार बन्द हुन्थ्यो । 

अहिले नै औपचारिक निर्णय नभइसकेको भएपनि प्राविधिक कठिनाइ नहुने अवस्था आए ६ कारोबार दिननै बजार खुलाउने तयारीमा नेप्से छ । यसकालागी नेप्सेले सम्बन्धित अन्य विभिन्न निकायहरुसंग पनि छलफल गरिसकेको छ । सार्वजनिक बिदाको दिन र शनिबार बाहेक बजार खुला गर्न बजार सम्बद्ध सबै सरोकारवाला निकायहरु सहमत भएका हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको