Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम बैंककाे ऋणपत्र आजदेखि बजारमा, व्याज कति छ ?

अर्थ संसार

मंगलबार, ३१ जेठ २०७९, १० : ३० मा प्रकाशित

प्राइम बैंककाे ऋणपत्र आजदेखि बजारमा, व्याज कति छ ?

प्राइम कमर्सियल बैंक लिमिटेडले आज (जेठ ३१ गते, मंगलबार) बाट ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ ।

बैंकले ५ वर्ष अवधिकाे "५ वर्ष, १०.१५% प्राइम डिबेञ्चर, २०८४" काे नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ५ अर्ब रूपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे हाे । निष्कासन गरिएकाे कुल ५० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि २० लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ३० लाख कित्ता बिक्री गर्नेछ । सर्वसाधारणको लागि छुट्याईएकोमध्ये ५ प्रतिशत सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ ।

 को हो बिक्री प्रबन्धक ?

बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।

कति दिने आवेदन ?

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कहिलेसम्म दिने आवेदन ?

उक्त ऋणपत्रमा छिटोमा असार ३ गते र ढिलोमा असार १४ गतेसम्मसम्म आवेदन दिन सकिनेछ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरूले सानिमा क्यापिटल लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत अनलाईनबाट समेत आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको