Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम कमर्सियल र ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

अर्थ संसार

विहीबार, ०६ मंसिर २०८१, ०७ : ५१ मा प्रकाशित

प्राइम कमर्सियल र ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। यी दुवै बैंकले साधारण सभा र लाभांश वितरणका लागि मंसिर ९ गते, आइतबार, बुक क्लोज गर्नेछन्। यस अनुसार, मंसिर ६ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन्।

ग्लोबल आइएमई बैंकले अघिल्लो आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ५.५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित गर्न बैंकले मंसिर २७ गते वार्षिक साधारण सभा आयोजना गर्नेछ। सभा बिहान १० बजे, नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी, काठमाडौंमा हुनेछ।

यस्तै, प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षको नाफाबाट करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित गर्न बैंकले मंसिर १९ गते वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजे, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा आयोजना हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको