Like us!
Follow us!
Connect us!
Watch us!

सर्वसाधारणलाई बिक्रीमा प्राइम कमर्सियल बैंकको संस्थापक सेयर

अर्थ संसार

शुक्रबार, ०४ साउन २०८१, ०७ : ५५ मा प्रकाशित

सर्वसाधारणलाई बिक्रीमा प्राइम कमर्सियल बैंकको संस्थापक सेयर

प्राइम कमर्सियल बैंकको संस्थापक समूहको सेयर आजदेखि सर्वसाधारणलाई बिक्रीमा आएको छ। 

बैंकका संस्थापक शेयरधनीले खरीद गर्न नचाहेपछि अब जो कोहि व्यक्ति,संघसंस्था वा कम्पनीले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । 

बैंकले यस अगाडी जेठ १७ गतेदेखि ३५ दिनका लागि संस्थापक सेयरधनीका लागि बिक्रीमा राखेको थियो। आवेदन नपरेपछि अब जो कोहिले पनि अब उक्त सेयरमा खरिद आवेदन दिन सक्नेछन। 

इच्छुकले सूचना प्रकाशित भएको १५ दिनभित्र बैंकको कम्पनीको सचिवको कार्यालयमा बिक्री गर्ने संस्थापकको नाम र बिक्री मूल्यका लागि सम्पर्क गर्न सक्नेछन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको