Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम कमर्शियल बैंकको एकल ऋण लगानीमा अरुण खोला–२ जलविद्युत आयोजना निर्माण हुने

अर्थ संसार

मंगलबार, १६ असार २०८३, २१ : ०५ मा प्रकाशित

प्राइम कमर्शियल बैंकको एकल ऋण लगानीमा अरुण खोला–२ जलविद्युत आयोजना निर्माण हुने

प्राइम कमर्शियल बैंक लिमिटेडले जलविद्युत क्षेत्रमा आफ्नो लगानी विस्तार गर्दै हिमालयन इञ्जिनियरिङ्ग एण्ड इनर्जी प्रालिद्वारा प्रवर्द्धित २ मेगावाट क्षमताको अरुण खोला–२ जलविद्युत आयोजना निर्माणका लागि एकल ऋण उपलब्ध गराउने सम्झौता गरेको छ।

सम्झौतापत्रमा बैंकका तर्फबाट डिपुटी जनरल म्यानेजर नारायणप्रसाद श्रेष्ठ र प्रवर्द्धक कम्पनीका तर्फबाट सञ्चालक अध्यक्ष ओमप्रसाद भट्टराई ले हस्ताक्षर गरेका छन्।

यस आयोजनाको अनुमानित कुल लागत ४८ करोड ६४ लाख रुपैयाँ रहेको छ। परियोजनाको वित्तीय संरचनाअनुसार ६१.६६ प्रतिशत ऋण र ३८.३४ प्रतिशत स्वपुँजी (इक्विटी) को अनुपातमा लगानी गरिनेछ। सोहीअनुसार प्राइम कमर्शियल बैंकले ३० करोड रुपैयाँ ऋण उपलब्ध गराउनेछ भने बाँकी रकम प्रवर्द्धक कम्पनीले स्वपुँजीमार्फत जुटाउने जनाएको छ।

कम्पनीका अनुसार आयोजना सञ्चालनमा आएपछि वार्षिक १३.१८ गिगावाट घण्टा (GWh) विद्युत उत्पादन हुनेछ। यसमध्ये सुख्खायाममा ४.८६४ गिगावाट घण्टा र वर्षायाममा ८.३१९ गिगावाट घण्टा विद्युत उत्पादन हुने अनुमान गरिएको छ।

आयोजना निर्माण कार्य १५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ। समयमै निर्माण सम्पन्न भएमा आयोजनाबाट राष्ट्रिय प्रसारण प्रणालीमा थप स्वच्छ ऊर्जा जोडिने अपेक्षा गरिएको छ।

बैंकले पछिल्ला वर्षहरूमा ऊर्जा क्षेत्रमा लगानीलाई प्राथमिकतामा राख्दै विभिन्न जलविद्युत आयोजनामा वित्तीय सहयोग गर्दै आएको छ। अरुण खोला–२ आयोजनामा गरिएको यो लगानीले नवीकरणीय ऊर्जा क्षेत्रको विकाससँगै निजी क्षेत्रको ऊर्जा उत्पादन क्षमतामा समेत थप टेवा पुग्ने विश्वास गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको