Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम बैंकका सबै ग्राहककाे खाता नम्बर परिवर्तन हुने

अर्थ संसार

विहीबार, २१ भदौ २०८०, ११ : ११ मा प्रकाशित

प्राइम बैंकका सबै ग्राहककाे खाता नम्बर परिवर्तन हुने

प्राइम कमर्सियल बैंक लिमिटेडका सबै ग्राहकहरूकाे खाता नम्बर परिवर्तन हुने भएकाे छ ।

यस बैंकमा खाता सञ्चालन गरिरहेका ग्राहकहरूको खाता भाद्र २३ गते शनिबारदेखी १० अङ्क / अक्षरबाट परिवर्तन गरी २० अङ्कको कायम गरिने सम्पूर्ण ग्राहकहरूमा बैंकले जनाएकाे छ ।

नयाँ खाताको कारोबारहरू ग्राहकहरूसँग हाल भइरहेको चेक तथा एटिएम कार्डबाट नै गर्न सकिने तथा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, Connect IPS
सेवाहरूमा प्रयोग भएका साबिकको खाता नम्बरहरू प्रतिस्थापन गरी बैकबाट नै नयाँ खाता नम्बर अद्यावधिक गरिने बैंकले जानकारी दिएकाे छ । साथै अन्य सबै निकायहरू जस्तैः Stock Broker तथा Demat Account मा ग्राहक आफैँले नयाँ २० अङ्ककाे खाता नम्बर अद्यावधिक गराउन बैंकले अनुराेध गरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको