Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन हाइड्रोपावरको आईपिओ बाँडफाँड, ६ लाख कित्ता आईपिओमा आवेदन नै परेन

अर्थ संसार

बुधबार, ०१ असार २०७९, ०६ : २६ मा प्रकाशित

हिमालयन हाइड्रोपावरको आईपिओ बाँडफाँड,  ६ लाख कित्ता आईपिओमा आवेदन नै परेन

हिमालयन हाइड्रोपावर लिमिटेड कम्पनी लिमिटेडले वैशाख २५ गते देखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई निष्काशन तथा बिक्री खुल्ला गरेको आइपीओ बाँडफाँड जेठ ३१ गते सम्पन्न भएको छ । 

कम्पनीले विद्यमान जारी पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८।२२ प्रतिशत सेयर निष्काशन गर्न लागेको हो। र कम्पनीले ९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ९ लाख कित्ता साधारण सेयर निष्काशन गरेको थियो। सो शेयरमा आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ का स्थानिय बासिन्दाहरुले आवेदन दिएका थिए ।

सेयर बाँडफाँट सम्बन्धी विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकको वेवसाइट www.globalimecapital.com बाट र कम्पनीको वेबसाइट  www.hhpl.com.np बाट पनि हेर्न सकिने छ ।

कम्पनीले निष्काशन गरेको ९ लाख कित्ता साधारण सेयर मध्य २ लाख ८१ हजार ७५० कित्ता मात्र बिक्रि भएकाले बाँकी ६ लाख १८ हजार २५० कित्ता सेयर अब सर्वसाधारण (सामुहिक लगानी कोष तथा कर्मचारीमा समेत) मा निष्काशन गरिने छ । कम्पनीको सेयरमा मागभन्दा पनि कम आवेदन परेकाले आवेदक सबैले माग बमोजिम सेयर प्राप्त गरेकाछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको