Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

अर्थ संसार

मंगलबार, २८ असार २०७९, ०८ : ५५ मा प्रकाशित

हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

हिमालयन हाइड्रोपावर लिमिटेडले असार १५ गतेदेखि असार १९ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न भएको छ ।  

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार आज उक्त आईपीओको बाँडफाँड बिहान ९ बजे क्यापिटलकै कार्यालय नक्साल, काठमाडौँमा सम्पन्न भएको हो । 

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १९ लाख ६८ हजार २५० कित्ता आईपीओ निष्कासन गरेको थियाे । जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे । 

अन्तिम दिनसम्म १६ लाख ३२ हजार ८ सय २ जना लगानीकर्ताहरूले १ अर्ब ८४ करोड ८८ लाख ४५ हजार रूपैयाँ बराबरकाे १ करोड ८४ लाख ८८ हजार ४ सय ५० कित्ताका लागि आवेदन दिएका छन् । 

माग भन्दा धेरैको आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । अन्तिम अपडेट अनुसार १ लाख ८३ हजार ४७ जनाले मात्र सेयर हात पारेका छन् भने  बाँकी १४ लाख ४९ हजार ७५४ जनाको भने हात खाली भएकाे हाे । 

अब केहि समयमा लगानीकर्ताहरुले बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट, निष्काशनकर्ता कम्पनी हिमालयन हाइड्रोपावरको वेबसाइट तथा मेरो सेयरको आईपिओ रिजल्टको वेबसाइटबाट समेत नतिजा हेर्न सकिने छ । तेस्तै प्ले स्टोरबाट सेयर हब एप्लिकेसन डाउनलोड गरी एकै पटकमा धेरै आईपिओको नतिजा समेत हेर्न सकिने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको