Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन हाइड्रोपावरको आईपिओ बाँडफाँडः लक्की नम्बर १ र २

अर्थ संसार

मंगलबार, २८ असार २०७९, ०९ : १३ मा प्रकाशित

हिमालयन हाइड्रोपावरको आईपिओ बाँडफाँडः लक्की नम्बर १ र २

हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको छ ।  उक्त आईपीओको बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडको कार्यालयमा बिहान ९ बजे सम्पन्न भएको हो । गोलाप्रथाबाट बाँडफाँड भएको सेयरमा लक्की नम्बर १ र २ रहेको छ । १ र २ नम्बरलाई नै आधार बनाएर बाँडफाँड गरिएको छ । 

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा वितरण गरिएको थियो । गोलाप्रथाबाट वितरण गर्दा भाग्यमानी १ लाख ८३ हजार ४५ जना जना जना लगानीकर्ताहरूले १० कित्ताका दरले र बाँकी २ जनाले ११ कित्ता सेयर हात पारेका छन् भने बाँकी १४ लाख ४९ हजार ७५४ जनाको भने हात खाली हुनेछ । २ कित्ता अल्टर रहेको हुनाले २० कित्तामाथिका लागि भर्ने २ जनाले एक एक कित्ता पाएका छन् ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १९ लाख ६८ हजार २५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । 

अन्तिम दिनसम्म १६ लाख ३२ हजार ८ सय २ जना लगानीकर्ताहरूले १ अर्ब ८४ करोड ८८ लाख ४५ हजार रूपैयाँ बराबरको १ करोड ८४ लाख ८८ हजार ४ सय ५० कित्ताका लागि आवेदन दिएका थिए । 

अब केहि समयमा लगानीकर्ताहरुले बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट, निष्काशनकर्ता कम्पनी हिमालयन हाइड्रोपावरको वेबसाइट तथा मेरो सेयरको आईपिओ रिजल्टको वेबसाइटबाट समेत नतिजा हेर्न सकिने छ । तेस्तै प्ले स्टोरबाट सेयर हब एप्लिकेसन डाउनलोड गरी एकै पटकमा धेरै आईपिओको नतिजा समेत हेर्न सकिने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको