Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन हाईड्रोपावरले डाक्यो साधारणसभा, के-के छन् प्रस्ताव ?

अर्थ संसार

शुक्रबार, ०३ चैत्र २०७९, ०७ : ४८ मा प्रकाशित

हिमालयन हाईड्रोपावरले डाक्यो साधारणसभा, के-के छन् प्रस्ताव ?

हिमालयन हाईड्रोपावर कम्पनी लिमिटेडले आफ्नो बार्षिक साधारणसभा आह्वान गरेको छ ।

कम्पनीको सञ्चालक समिती बैठकको निर्णय अनुसार बार्षिक साधारणसभा चैत्र २४ गते वाटर फ्रन्ट रिसोर्ट लेकसाईड पोखरामा बिहान ११ बजेदेखि सुरु हुने छ । 

सभामा अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

कम्पनीले यो बर्ष सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव नगरेको कम्पनीले सञ्चालकहरुको सुविधा बृद्धिको प्रस्ताव भने पारित गर्नेछ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १४ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार अनुसार चैत्र १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको