Like us!
Follow us!
Connect us!
Watch us!

उदण्ड राज्यमन्त्री वलीले जब ‘मेरो पोइ खै’भन्दै पिट्न थालिन् …

पत्रपत्रिका

बुधबार, ०१ असार २०७९, ०७ : २९ मा प्रकाशित

उदण्ड राज्यमन्त्री वलीले जब ‘मेरो पोइ खै’भन्दै पिट्न थालिन् …

बिहानको साढे ८ बजेको थियो । लु१झ ५३७ नम्बरको सरकारी गाडी झन्डा हल्लाउँदै एकराज बस्नेतको घरमा पुग्यो । गाडीबाट झरिन् लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वली । स्थानीयले सोचे ‘मन्त्रीज्यू भेटघाटमा आउनु भो ।’

घरधनी एकराज बस्नेतकी श्रीमती मीना बस्नेतको अगाडि पुगेपछि मन्त्री वलीले अनपेक्षित प्रश्न गरिन्, ‘मेरो पोई खै ?’ मन्त्री वली त्यतिमै रोकिइनन् । उनले मीनालाई मुक्का प्रहार गरिन् । नजिकै रहेकी पाँच वर्षकी छोरी एन्जिलालाई पनि प्रहार गरिन् ।

राज्यमन्त्री वलीको प्रहारबाट मीनाको टाउको, शरीरका विभिन्न भागमा भित्री चोट छ भने कपडासमेत च्यातिएको छ । छोरी एन्जिलाको ओठ काटिएको छ । एकराजलाई पैसा दिएर कपडा किनिदिएको भन्दै राज्यमन्त्री वलीले ‘मैले किनिदिएको कपडा मै लैजान्छु,’ भन्दै दराज तोडफोड गरिन् ।

मिनालाई मुक्का प्रहार गरेपछि राज्यमन्त्री वलीले फेरि भनिन्, ‘मेरो एकराज खै छिटो देखा ।’ एकराज १५ दिनदेखि घरमा नभएको परिवारका सदस्यको भनाइ छ ।

बस्नेत माओवादी कार्यकर्ता हुन् । एक वर्षअघि बस्नेतले वलीलाई चुम्बन गरेको फोटो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो । राज्यमन्त्री वलीले एकराज आफ्नो प्रेमी भएको दाबी गर्दै आएकी छन् ।

के भन्छन् स्थानीय ?
‘बिहान सरर गाडी आयो । हामीले कोही केही कामले आएको होला भन्यौं,’ छिमेकी रचना बुढाथोकीले भनिन्, ‘एकछिनपछि चिच्याएको आवाज सुनियो । एन्जल रुँदै मामुलाई मारे भन्दै मलाई तान्न आइन । म झटपट भित्र गएँ ।’

रचनाका अनुसार राज्यमन्त्री वली ‘एकराजको र मेरो विवाह भइसकेको छ । सिन्दुर हालेको फोटो गाउँको घरमा राखेको छु,’ भन्दै मिनालाई धकेल्दै थिइन् । ‘म डरले बस्न सकिनँ, निस्की हाले, पछि मीनाको जेठाजु, ससुरा र अन्य मान्छे आए । प्रहरी पनि आपछि राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएको थियो,’ रचनाले भनिन् ।

राजधानी दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको