Like us!
Follow us!
Connect us!
Watch us!

मर्मत सम्भारले काठमाडौंमा विद्युत कटौती, कुन ठाउँमा कति घण्टा ?

शुक्रबार, १३ साउन २०७४, १४ : २४ मा प्रकाशित

मर्मत सम्भारले काठमाडौंमा विद्युत कटौती, कुन ठाउँमा कति घण्टा ?

अर्थ संसार, काठमाडौँ– नियमित मर्मत तथा प्रसारण प्रणालीको क्षमता विस्तार गर्न नेपाल विद्युत् प्राधिकरणले राजधानीका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ ।
 
भार प्रेषण केन्द्रकाअनुसार स्यूचाटार सवस्टेशनमा नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले राजधानीका विभिन्न स्थानमा विद्युत् कटौती हुन लागेको हो ।
सो केन्द्रका नायब प्रबन्धक दिपक धितालकाअनुसार बालाजु, स्वयम्भु, कलंकीलगायतका क्षेत्रमा विद्युत् कटौती हुनेछ । नियमति मर्मत सम्भार कार्य शनिबारसम्म सम्पन्न हुनेछ ।
 
यस्तै प्राधिकरणले विरगन्ज औद्योगिक कोरिडोर क्षेत्रमा पनि विद्युत् कटौती हुने जनाएको छ । आजदेखि पाँच दिनसम्म चन्द्रनिगाहारपुर, हेटौडा, सिमरा, ढल्केबर र परवानीपुर क्षेत्रमा विद्युत् कटौती हुनेछ ।
 
प्रसारण प्रणालीमा सुधार तथा प्रसारण लाइन निर्माणका कारण विद्युत् कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ । मर्मत सम्भार नियमित गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्नु परेको जानकारी दिदै प्राधिकरणले त्यसबाट ग्राहक वर्गमा पर्न गएको असुविधा प्रति माफी मागेको छ ।

यो पनि पढ्नुहोस्

सरकारी जागिर खाने हो ? राष्ट्रिय जनस्वास्थ्यले माग्यो कर्मचारी (विज्ञापनसहित) 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको