Like us!
Follow us!
Connect us!
Watch us!

हाइफ्युचरकाे नयाँ सेगमेन्टको स्मार्टवाच सार्वजनिक, कति पर्छ मूल्य ?

अर्थ संसार

बुधबार, ०१ असार २०७९, १७ : ०० मा प्रकाशित

हाइफ्युचरकाे नयाँ सेगमेन्टको स्मार्टवाच सार्वजनिक, कति पर्छ मूल्य ?

हाइफ्युचरले नयाँ सेगमेन्टको स्मार्टवाच सार्वजनिक गरेकाे छ । हाइफ्युचर फ्युचरफिट जोन  र टीडब्लूएस इयरबड-हाइफ्युचर फ्लाइबड्स प्रो सार्वजनिक गरिएकाे हाे ।

हाइफ्युचरले उपभोक्ताको जीवनशैली अपग्रेड गरी आफ्नो समयतालिकामा सहज तरिकाले समन्वय गर्न सक्ने हिसाबले ग्याजेट सार्वजनिक गर्दै नेपालमा एउटा पावर-प्याक्ड सिजनको शुरुवात गर्न लागेको छ ।

चाहेजस्तो वेयरिङ अनुभव

फ्युचरफिट जोन तथा फ्लाइबड्स प्रो विश्व बजारमा हालै सार्वजनिक भएका र २०२२ मा सबैभन्दा बढी बिक्री भएकामध्येका स्मार्टवाच र टीडब्लूएस इयरबड हुन्। यिनीहरु शानदार फिचरयुक्त सुपथ मूल्यका स्मार्टवाच र इयरबड हुन्। फ्युचरफिट जोन तथा फ्लाइबड प्रोले हरेक व्यक्तिले अपेक्षा गरे अनुसारको जीवनशैली प्रदान गर्छ।

फ्युचरफिट जोनमा १.६९ इन्चको डिस्प्ले, २४*७ एसपीओ२ मनिटरिङ २० ओटा अलग अलग स्पोर्टस मोड रहेका छन् भने यसमा भएको अग्मेन्टेड भ्यूइङ एक्सपेरियन्सले सबैलाई आश्चर्यचकित बनाउँछ। लामो समय टिक्ने ब्याट्री तथा वाटर रेजिस्टेन्ट प्रविधिका कारण पानीबाट सुरक्षित रहने र जस्तोसुकै अवस्थामा लगाउन सकिने यो ग्याजेटलाई अपनाएर आफ्नो जीवनशैलीलाई नयाँपन दिन कम्पनीले अनुराेध गरेकाे छ । यसको मूल्य ५ हजार ४९९ तोकिएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको