Like us!
Follow us!
Connect us!
Watch us!

समाचार संकलनमा मेयर बालेन्द्रको अवरोध, पत्रकार महासंघको आपत्ति

अर्थ संसार

बुधबार, ०१ असार २०७९, १७ : ५५ मा प्रकाशित

समाचार संकलनमा मेयर बालेन्द्रको अवरोध, पत्रकार महासंघको आपत्ति

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले समाचार संकलनमा अवरोध गरेका छन् ।

बुधबार दिउँसो १ः०० बजे टेकुस्थित वातावरण विभाग पुगेका हिमालय टेलिभिजनका पत्रकारद्वय प्रिन्स मिश्र र अष्भिट लामालाई शाहले समाचार संकलनमा अवरोध पुर्याएका हुन् । मेयर शाहले खिचिएको दृश्यसमेत मेटाउन लगाएका थिए ।

नेपाल पत्रकार महासंघले शाहले टेलिभिजनका पत्रकारमाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ । महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुटेका पत्रकारलाई महानगरपालिकाका प्रमुखजस्तो व्यक्तिबाट यस किसिमको हर्कत हुनु निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको उल्लेख गरिएकाे छ । 

विज्ञप्तिमार्फत् महासंघले संविधानले सुनिश्चित गरेको पत्रकारको स्वतन्त्रता र अधिकारको ख्याल गरी यस्ता कार्य नदोहोर्याउन सम्बन्धित पक्षको ध्यानाकर्षण जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको