Like us!
Follow us!
Connect us!
Watch us!

एसपीपी सम्झौताबाट पछि हटे प्रधानमन्त्री देउवा

पत्रपत्रिका

विहीबार, ०२ असार २०७९, ०५ : ५८ मा प्रकाशित

एसपीपी सम्झौताबाट पछि हटे प्रधानमन्त्री देउवा

अमेरिकी सेनाले नेपाली सेनासमक्ष प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)सम्बन्धी सम्झौता विवादमा परेको छ । नेपाली सेना एसपीपीसम्बन्धी सम्झौताको विषयमा राजी नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा पछि हटेका छन् ।

१० बुँदे प्रस्तावित सम्झौतामामा नेपाली सेनाको रिर्जभेसन भएपछि तत्कालका लागि सो विषय अगाडि नबढ्ने भएको छ । यदि सो सम्झौतामा हस्ताक्षर भएको भए नेपालको जुनसुकै भागमा अमेरिकी सेना परिचालित गर्ने अधिकार हुने थियो । एसपीपीको विषयमा राजनीतिक वृतमा तरंग देखिएपछि प्रधानमन्त्री देउवाले मुलुकको हितविपरीत कुनै सम्झौता नगर्ने बताएका छन् ।

सात वर्षअघिदेखि अमेरिकाले सैन्य सम्झौताका लागि ताकेता गर्दै आएको थियो । पछिल्लो समय पुनः अमेरिकाले सैन्य समझदारीपत्रमा हस्ताक्षर गर्न प्रस्ताव ल्याएको भन्दै विवादमा आएको हो । यसअघि सन् २०१५ मा पहिलोपटक अमेरिकी सेनाले स्टेट पार्टनरसिप कार्यक्रममा नेपाली सेनाको सहभागितासम्बन्धी रणनीतिक महत्वको समझदारीपत्र प्रस्ताव गरेको थियो । यसअघि तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले सो कार्यक्रम’bout नेपाली सेना सकारात्मक भएको सन्देश पठाएका थिए । त्यतिबेला अमेरिकाले नेपाली सेनासँगै प्रस्ताव राखेकामा अहिले पनि राजीतिक रूपमै प्रस्ताव गरेको थियो ।

प्रधानसेनापति क्षत्रीका उत्तराधिकारीका रूपमा सन् २०१८ सेप्टेम्बरमा पदवहाली गरेका पूर्णचन्द्र थापासँग पुनः अमेरिकी सैनिक अधिकारीले एसपीपी सम्झौता ‘पेन्डिङ’ रहेको भन्दै हस्ताक्षरका लागि जोड दिएका थिए । यद्यपि थापाले सोबारे सकारात्मक जवाफ दिएनन् । प्रधानसेनापति थापा सकारात्मक नदेखिएपछि अमेरिकाले रक्षामन्त्रालयमार्फत एसपीपी सम्झौताका लागि ताकेता गरेको थियो ।

राजधानी दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको