Like us!
Follow us!
Connect us!
Watch us!

नेपालले एसपीपीमा सहभागी नहुने अमेरिकालाई पत्र पठाइसक्यो : परराष्ट्रमन्त्री खड्का

अर्थ संसार

शुक्रबार, १३ साउन २०७९, १३ : १५ मा प्रकाशित

नेपालले एसपीपीमा सहभागी नहुने अमेरिकालाई पत्र पठाइसक्यो : परराष्ट्रमन्त्री खड्का

परराष्ट्र मन्त्री डा नारायण खड्काले स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी)मा नेपाल सहभागी नहुने भन्दै अमेरिकालाई लिखित जानकारी गराइसकेको बताएका छन् । 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै मन्त्री खड्काले गत ६ असारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ९ साउनमा नेपाल एसपीपीमा सहभागी नहुने कूटनीतिकमार्फत अमेरिकालाई जानकारी गराइसकेको जानकारी दिएका हुन् । 

‘साउन ९ गते तदनुसार २५ जुलाई २०२२ दिन कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाइएको जानकारी गराउन चाहान्छु,’ मन्त्री खड्काले संसद बैठकमा भने । 

सरकारको निर्णयअनुसार परराष्ट्र मन्त्रालयले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्राचार नगरेको भन्दै आलोचना भइरहेको थियो । 
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले राष्ट्रहितविरीत कुनै पनि सन्धि सम्झौता नहुने उनको प्रतिबद्धता छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको