Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताहरूको लाल्टिन जुलुस : हातमा लाल्टिनसहित चर्कियाे बजार विकासका नारा (फोटो फिचर)

अर्थ संसार

शुक्रबार, ०३ असार २०७९, १५ : १६ मा प्रकाशित

लगानीकर्ताहरूको लाल्टिन जुलुस : हातमा लाल्टिनसहित चर्कियाे बजार विकासका नारा (फोटो फिचर)

सेयर लगानीकर्ताहरूले यतिबेला लाल्टिन जुलुस गरिरहेका छन् । धितोपत्र बोर्डको कार्यालय अगाडिबाट सुरू भएको यो जुलुस सातदोबाटोसम्म पुग्नेछ ।

हातमा लाल्टिन र प्याम्प्लेट बाेकी लगानीकर्ताहरूले पूँजी बजारका लागि अनेकाैँ नारा चर्काइरहेका छन् । विराेध स्वरूप गरिएकाे लाल्टिन जुलुसमा "स्थिर ब्याजदर लागू गर !, बैंकलाई ब्रोकर लाइसेन्स दे !, ४/१२ को नीति खारेज गर !, नीतिगत भ्रष्टाचार अन्त्य गर ! लगायतका नारा चर्किएकाे छ ।"

पूँजी बजार सम्बन्धी सरकारले गर्छु भनेको काम समयमा नगर्दा समग्र पूँजी बजार गम्भिर संकटमा परेको भन्दै जेठ २० गतेदेखि लगानीकर्ताहरूले विभिन्न विरोधका कार्यक्रम एवमं आन्दोलन गरिरहेका छन् । 

विभिन्न १९ बुँदे मागहरुसहित पूँजी बजार सुधार संघर्ष समितीका संयोजक तिलक कोईरालाले असार १ गतेदेखि आमरण अनसन समेत सुरू गरेका छन् । अनसनका लागि लगानीकर्ता सम्बद्ध सबै संगठनहरुले ऐक्यवद्धता जनाएका छन् ।

 

62ac4f5ee34e6.jpg 62ac4f5ee7937.jpg 62ac4f5f1d534.jpg 62ac4f5f2219e.jpg 62ac4f5f5ca1b.jpg 62ac4f5f6c1f0.jpg 62ac4f5f85f0c.jpg 62ac4f5f9de9d.jpg 62ac4f5fac928.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको