Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी धनवृद्धि योजनाकाे इकाई बाँडफाँड, बढ्याे आकार

अर्थ संसार

शुक्रबार, ०३ असार २०७९, १६ : ३१ मा प्रकाशित

कुमारी धनवृद्धि योजनाकाे इकाई बाँडफाँड, बढ्याे आकार

कुमारी क्यापिटल लिमिटेडले जेठ १२ गते, बिहीबारदेखि जेठ २६ गते, बिहीबारसम्म निष्कासन गरेकाे कुमारी धनवृद्धि योजनाका इकाईहरू आज (असार ३ गते, शुक्रबार) बाँडफाँड गरिएकाे छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको थियाे । जसमध्ये कुल इकाई संख्याको १५ प्रतिशत अर्थात एक करोड ८० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणलाई छुट्याइएकाे थियाे ।

माग भन्दा बढी आवेदन परेपछि फन्डको आकार बढाइएको छ । माग भन्दा अधिक दरखास्त पर्न आएकोले सामूहिक लगानीकोष निर्देशिका २०६९ को दफा १५(४) मा र विवरण पुस्तिकाको बुँदा ४ २(घ) मा भएको व्यवस्था अनुसार अधिकतम २५ प्रतिशत थप गर्न सक्ने प्रावधान अनुसार कोषको इकाई १२ कराेड २५ लाख ७ हजार २ सय ५९ इकाई पुर्याइएकाे छ । 

आवेदन दिने १ लाख ३९ हजार १ सय ३९ जनामध्ये रितपुर्वक आवेदन दिने १ लाख ३९ हजार ९३ जना आवेदकहरुलाई माग गरे बमोजिम इकाईहरु बाँडफाँड गरिएकाे छ । दोहोरो आवेदन दिने ४६ जना आवेदकहरुको आवेदन रद्द गरिएकाे छ । यसरी बाँडफाँड गर्दा इकाई १०० देखि १ कराेडसम्म आवेदन गर्ने आवेदकहरुले माग बमोजिम नै इकाई पाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको