Like us!
Follow us!
Connect us!
Watch us!

निरन्तर आन्दोलनमा सेयर लगानीकर्ता, आज राष्ट्र बैंक अगाडी प्रदर्शन गर्ने

अर्थ संसार

आइतबार, ०५ असार २०७९, ०८ : ४३ मा प्रकाशित

निरन्तर आन्दोलनमा सेयर लगानीकर्ता, आज राष्ट्र बैंक अगाडी प्रदर्शन गर्ने

जेठ २३ गते देखि निरन्तर आन्दोलनमा उत्रियका लगानीकर्ताहरुले आज आईतबार राष्ट्र बैंक अगाडी प्रदर्शन गर्ने भएका छन् । पूँजीबजारको विकास सुधारका विभिन्न १९ बुँदेमाग सहित अहिले सेयर लगानीकर्ताहरु आन्दोलित छन् । 

लगानीकर्ता एबं पूँजीबजार सुधार संघर्ष समितीका संयोजक तिलक कोइराला असार १ गते देखि धितोपत्र बोर्ड अगाडी आमरण अनशन बसिरहेका छन् । अनसन संगै लगानीकर्ताहरुले नियामकलाई दवाब दिन विभिन्न अन्य दवाबमुलक कार्यक्रमहरु पनि संग संगै गरिरहेकाछन् । 

स्वतन्त्र पूँजीबजार संघका अध्यक्ष एबं पूँजीबजार विकास र विस्तार आन्दोलका मिडिया संयोजक रोहन कार्कीले आज १२ः३० बजे नक्सालको भाटभटेनीमा जम्मा हुने र त्यहाँबाट प्रदर्शन गर्दै राष्ट्र बैंक लगाडी गएर बिरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको