Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्तासँगको भेटमा प्रचण्डले भने-‘पूँजी बजारका समस्या समाधान गर्न पहल गर्छु’

अर्थ संसार

सोमबार, ०६ असार २०७९, १४ : २८ मा प्रकाशित

लगानीकर्तासँगको भेटमा प्रचण्डले भने-‘पूँजी बजारका समस्या समाधान गर्न पहल गर्छु’

नेकपा माओवादी (केन्द्र) का अध्यक्ष एवंम पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पूँजी बजारमा देखिएका समस्या समाधान गर्न पहल गर्ने बताएका छन् । विभिन्न १९ बुँदे मागहरुसहित आन्दोलित लगानीकर्ताका प्रतिनिधीहरुसँगको भेटमा प्रचण्डले यस्तो बताएका हुन् । 

'लगानीकर्ताहरुसँगको भेटमा अध्यक्ष प्रचण्डले अर्थमन्त्री र अर्थसचिवलाई भेटेर पूँजी बजारमा देखिएका समस्याहरुको तत्काल समाधानका लागि सल्लाह गर्ने आश्वासन दिनु भएको छ', भेटमा सहभागी लगानीकर्ता एसपी पौडेलले अर्थसंसार संग भने । 

साथै प्रचण्डले लगानीकर्ताहरुका मागका सम्बन्धमा प्रधानमन्त्री र गठबन्धनका दलहरुसँग कुराकानी गर्ने आश्वासन पनि दिएको उनले बताए । 

लगानीकर्ताले बुझाएको ज्ञापनापत्रः

62b034e24ad76.jpg 62b034e2b7092.jpg 62b034e2b9c4c.jpg 62b034e3826fc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको