Like us!
Follow us!
Connect us!
Watch us!

सेयर कर्जामा लागेको ४/१२ को क्याप हटाउनुपर्छः डा. महत (भिडियोसहित)

अर्थ संसार

मंगलबार, ०७ असार २०७९, ०७ : २२ मा प्रकाशित

नेपाली कांग्रेसका प्रवक्ता एवं प्रभावशालि नेता डा. प्रकाश शरण महतले सेयर कर्जामा लगाएको ४/१२ सिमा हटाउनु पर्ने बताएका छन् । अर्थसंसारको नियमित कार्यक्रम अर्थसंसार बहससंगको कुराकानीमा महतले यस्तो बताएका हुन् । 

‘सेयर कर्जाको लगानीमा जुन सिमा तोकिएको छ त्यसलाई पुर्नविचार गर्नुपर्छ, एकै पटकमा कुनैपनि कुरा थोपार्न खोजियो भने त्यसको सकारात्मक परिणाम आँउदैन’ उनले भने ‘कुनै पनि कुरा कार्यन्वयन गर्नुपर्यो भने समय दिएर परिपक्व भएपछि मात्र गर्नुपर्छ हचुवामा एक्कासी गर्दा त्यसले अप्ठ्यारो पार्छ ।’

अनसनरत लगानीकर्ताको माग र स्वास्थ्य अवस्थाका बारेमा प्रधानमन्त्री अत्यन्तै गम्भिर रहेको भन्दै उनले छिट्टै बैठक बसेर लगानीकर्ताका मागहरु सम्बोधन हुने बताए । 

महतसंग गरिएको भिडियो कुराकानी:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको