Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेसको समानुपातिक सूचीः प्रधानमन्त्री र गृहमन्त्री पत्नी पहिलो र दोस्रो नम्बरमा !

अर्थ संसार

आइतबार, ०९ असोज २०७९, १५ : २३ मा प्रकाशित

कांग्रेसको समानुपातिक सूचीः प्रधानमन्त्री र गृहमन्त्री पत्नी पहिलो र दोस्रो नम्बरमा !

नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सूमानुपातिक तर्फको बन्दसुचि निर्वाचना आयोगमा बुझाइसकेको छ । सार्वजनिक सूचिअनुसार कांग्रेसले महिला तर्फको समानुपातिकमा पहिलो नम्बरमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवा र दोस्रो नम्बरमा गृहमन्त्री पत्नी मन्जु खाँडको नाम सिफारिस गरेको छ । 

२०७४ सालको प्रतिनिधीसभाको निर्वाचनमा आँफै सममनुपातिकमा बसेका गृहमन्त्री बालकृष्ण खाँडले यो पटक भने समानुपातिकमा श्रीमतीलाई सेट गरेका छन् । पछिल्लो समयमा गृहमन्त्रालय र सरकारका निर्णयहरुमा पनि प्रधानमन्त्री र गृहमन्त्री पत्नीहरुको ट्युनिङ मिल्ने गरेको बताइन्छ । 

अघिल्लो निर्वाचनमा कैलाली ५ बाट चुनावमा पराजित भएकी प्रधानमन्त्री पत्नी राणा यो पटक पनि सोहि निर्वाचन क्षेत्रबाट चुनाव लड्ने तयारीमा थिइन् तर उक्त क्षेत्रबाट उनले चुनाव जित्ने नदेखेपछि समानुपातिकमा सिफारिस गरिएको देखिन्छ ।

महिला तर्फ पहिलो र दोस्रो नम्बरमा रहेका राणा र खाँडको नाम समग्र सूचीमा पनि ८ औँ र ९ औँ नम्बरमा सिफारिस गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको