Like us!
Follow us!
Connect us!
Watch us!

एक महिनामै ८४ करोडले घट्यो मोबाइलको आयात

पत्रपत्रिका

विहीबार, ०९ असार २०७९, ०६ : ५८ मा प्रकाशित

एक महिनामै ८४ करोडले घट्यो मोबाइलको आयात

मोबाइलको आयात घटेको छ । यसअघि मासिक औसत दुई अर्ब रुपियाँभन्दा बढीको मोबाइल  आयात  भइरहेकामा  पछिल्ला  दुई  महिनामा भने यसको आयात घटेको हो ।

भन्सार विभागका अनुसार जेठमा एक अर्ब १२ करोड ५४ लाख रुपियाँको मोबाइल आयात भएको छ । जब कि वैशाखमा एक अर्ब ९६ करोड १७ लाख रुपियाँको मोबाइल आयात भएको थियो । सरकारले  वैशाख  दोस्रो  साता  छ  सय  डलरभन्दा  बढी  मूल्यका  मोबाइल  सेट  असारसम्म  आयात  गर्न  रोक  लगाएपछि  त्यसको असर देखिन थालेको हो । 

विदेशी मुद्रा सञ्चितिमा दबाब बढेपछि सरकारले उक्त मूल्य माथिका मोबाइलसहित अन्य नौवटा वस्तुको आयातमा रोक लगाउने निर्णय गरेको थियो । सो निर्णयपछि नेपालमा सबैभन्दा धेरै आयात हुने पाँचवटा वस्तुमध्ये पर्ने मोबाइलको आयात घटेको विभागको तथ्याङ्कले देखाउँछ । गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको