Like us!
Follow us!
Connect us!
Watch us!

अब विदेशबाट मोबाईल ल्याउँदा दर्ता गर्नुपर्ने !

अर्थ संसार

शुक्रबार, ३१ भदौ २०७९, ०७ : ३५ मा प्रकाशित

अब विदेशबाट मोबाईल ल्याउँदा दर्ता गर्नुपर्ने !

एमडीएमएस लागू भएको सन्देश आएपछि धेरै प्रयोगकर्ताले यसको दर्तासम्बन्धी चासो देखाएका छन् । प्राधिकरणका अनुसार भदौ ३०  सम्म  प्रयोगमा रहेका कुनै पनि मोबाइल दर्ता गर्नुपर्दैन । यस्ता मोबाइललाई प्राधिकरणले ह्वाइट’ सूचीमा राखिसकेको छ । 

त्यसपछि पनि मोबाइल बिक्रेताबाट भ्याट बिलसहितको मोबाइल खरिद गरेकोमा आफैँ दर्ता गर्नुपर्दैन । त्यस्ता मोबाइल बिक्रेताले मोबाइल आयात गर्नुपूर्व नै प्राधिकरणमा आईएमईआई दर्ता गराइसकेका हुन्छन् । यद्यपि मोबाइल खरिद गर्नुअघि उक्त मोबाइल दर्ता छ वा छैन भनेर जान्न तपाईंले एमडीएमएससँग सम्बन्धित प्राधिकरणको वेबसाइट mdms.nta.gov.np मा गएर उक्त मोबाइलको आईएमईआई राखेर आफैँ जाँच गर्न सकिन्छ ।

भन्सारको नीतिअनुसार अहिले एक जना व्यक्तिले विदेशबाट आउँदा आफूले प्रयोग गर्नेबाहेक अर्को एउटा मोबाइल शून्य भन्सारमा ल्याउन सक्छ । यसरी शून्य भन्सारमा ल्याएको मोबाइल एउटा व्यक्तिले एक  वर्षमा एउटा मात्र मोबाइल दर्ता गर्न सकिने खनालले जानकारी दिनुभयो । त्यसबाहेक सोही व्यक्तिले अर्को मोबाइल दर्ता गर्नुपर्ने हकमा भने भन्सार तिरेको प्रमाण पेस गर्नुपर्नेछ । प्राधिकरणले यो सबै प्रक्रियालाई अनलाइन गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको