Like us!
Follow us!
Connect us!
Watch us!

समितिमा कसलाई पठाउने भन्ने हाम्राे अधिकार हो, बाेर्डले भने अनुसारकाे समिति मान्य छैन

अर्थ संसार

विहीबार, ०९ असार २०७९, ११ : २६ मा प्रकाशित

समितिमा कसलाई पठाउने भन्ने हाम्राे अधिकार हो, बाेर्डले भने अनुसारकाे समिति मान्य छैन

पूँजी बजार सुधार संघर्ष समितिका संयाेजक तिलक काेइरालाले नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड सेबाेनकाे नाममा एक प्रेस विज्ञप्ति सार्वजनिक गरेका छन् । उनले कुनै बहानाबाजी नगरी तत्काल समिति गठन र समस्या समाधानबारे विज्ञप्ति सार्वजनिक गरेका हुन् ।

विज्ञप्ति मार्फत् धितोपत्र बोर्डबाट हिजाे ८ गते प्रेषित पत्रद्वारा एकीकृत १९ बुँदे माँग सम्बोधन गर्नका लागि समस्या समाधान समिति गठन गरिनेछ भनेर उल्लेख भएकोमा आन्दोलन र आमरण अनशन अन्त्य गरे पश्चात् भनी राखिएको शर्त अमान्य भएको जानकारी गराइएकाे छ । 

पहिले समिति गठन भएर मागहरुका बारेमा बूँदागत रुपमा समय सिमासहित कार्यान्वयनको खाकामा सहमत भई हस्ताक्षर भएपछि मात्र अनशन तोडिने जनाइएकाे छ ।

यसैगरी, समस्या समाधान समितिमा कस कसलाई पठाउने भन्ने कुरा धितोपत्र बोर्डको छनौटको कुरा नभई संघर्ष समितिको संयोजकको अधिकार क्षेत्र भित्रको कुरा भएकाले त्यहाँबाट शर्त हटाई सुधारिएको दोस्रो पत्र प्राप्त भएपश्चात् यस समितिबाट सात जनाको नाम पठाइने विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा पूँजी बजारको अहिलेको संवेदनशिलता, जटिलता, विग्रदो अवस्था र अनशनरत स्वास्थ्य अवस्था विचार गरी आजै समिति गठन, बैठक, खाका तयार र हस्ताक्षर गरी आमरण अनशन तोडेर आम लगानीकर्ताहरुको मनोभावना सुदृढ बनाउन आँतुर रहेको उनले उल्लेख गरेका छन् ।

बोर्डले बुधबार बोर्डका दुई जना उपकार्यकारी निर्देशक बोर्डको तर्फबाट, २ जना आन्दोनरत संघर्ष समतिले सिफारिस गरेका प्रतिनिधीहरु र ३ जना नेपाल सरकारमा दर्ता भएका लगानीकर्ता संगठनमा प्रतिनिधी समेत गरी ७ जनाको कार्यन्वयन समिती गठनको प्रस्ताव गरेको थियो ।  

विज्ञप्ति हेर्नुहाेस् :

No photo description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको