Like us!
Follow us!
Connect us!
Watch us!

खप्तड लघुवित्तको सेयर रजिष्ट्रारमा मेगा क्यापिटल

अर्थ संसार

विहीबार, ०९ असार २०७९, १२ : २१ मा प्रकाशित

खप्तड लघुवित्तको सेयर रजिष्ट्रारमा मेगा क्यापिटल

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र मेगा क्यापिटल मार्केट्स लिमिटेड बीच सेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने बारे सम्झौता भएकाे छ ।

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई १ लाख ३२ हजार कित्ता सेयर सार्वजनिक निष्काशन गर्ने प्रक्रियामा रहेको छ । उक्त निष्काशन बाँडफाँड पश्चात कम्पनीको सेयरधनीको अभिलेख राख्न, सेयरको धितोबन्धक/रोक्का राख्न, कम्पनीले घोषणा तथा स्वीकृत बोनस सेयरहरुको वितरण गर्न तथा नगद लाभांशको भुक्तानीको व्यवस्था गर्न, सेयर नामसारी तथा दाखिला खारेज जस्ता सेयर रजिष्ट्रारको सेवा प्रदान गर्नका प्रयोजनार्थ मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई सेयर रजिष्ट्रारको रुपमा नियुक्त गरिएको हाे ।

हिजाे असार ८ गते बुधबारका दिन मेगा क्यापिटल मार्केट्स लिमिटेड, त्रिपुरेश्वरमा एक कार्यक्रममा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड तथा मेगा क्यापिटल मार्केट्स लिमिटेड बीच सेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराउने बारे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बमले तथा मेगा क्यपिटल मार्केट्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको