Like us!
Follow us!
Connect us!
Watch us!

खप्तड लघुवित्तको आईपीओमा पहिलाे दिन नै पर्याे मागभन्दा धेरै आवेदन

अर्थ संसार

बुधबार, ०८ भदौ २०७९, १७ : ५० मा प्रकाशित

खप्तड लघुवित्तको आईपीओमा पहिलाे दिन नै पर्याे मागभन्दा धेरै आवेदन

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले आज भदौ ८ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

सिडिएसका अनुसार संस्थाकाे आईपीओमा पहिलाे दिन साँझ ५ बजेसम्म ३ लाख ८१ हजार ७८२ जना लगानीकर्ताहरूले ४३ करोड ३८ लाख ९४ हजार रुपैयाँ बराबरको ४३ लाख ३८ हजार ९ सय ४० कित्ताका लागि आवेदन दिएका छन् । याे सर्वसाधारणका लागि मागिएकाे भन्दा ३५.१६ गुणा धेरै हाे ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर निष्कासन गरेको हो । जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी १ लाख २३ हजार ४०० कित्ता सर्वसाधारण आवेदन दिन सक्नेछन् ।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटोमा भदाै १२ गतेसम्म ढीलोमा भदाै २७ गतेसम्म आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको