खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले भदाै ८ गतेदेखि भदाै १२ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे प्रि अलाेटमेन्ट आज (भदाै १७ गते, शुक्रबार) हुँदैछ ।
निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार आज प्रि-अलाेटमेन्ट सम्पन्न गरी आगामी साेमबार बाँडफाँड गरिनेछ ।
संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर निष्कासन गरेको थियाे । जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी १ लाख २३ हजार ४०० कित्ता सर्वसाधारणलाई छुट्याइएकाे थियाे ।
अन्तिम दिनसम्म १८ लाख ५० हजार १ सय ३२ जना लगानीकर्ताहरूले २ अर्ब ४ करोड २२ लाख ४० हजार रुपैयाँ बराबरको २ करोड ४ लाख २२ हजार ४ सय कित्ताका लागि आवेदन दिएका छन् ।
माग भन्दा धेरैको आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस