Like us!
Follow us!
Connect us!
Watch us!

भर्खरै आईपीओ निष्कासन गरेका धौलागिरी र खप्तड लघुवित्तबीच मर्जर सम्झौता

अर्थ संसार

आइतबार, १८ मंसिर २०७९, १० : ५६ मा प्रकाशित

भर्खरै आईपीओ निष्कासन गरेका धौलागिरी र खप्तड लघुवित्तबीच मर्जर सम्झौता

हालै मात्र सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेका धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर सम्झौता भएको छ । यी दुई संस्थाबीच आज (मंसिर १८ गते, आइतबार) बिहान मर्जरको लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ ।

मर्जर सम्बन्धी सम्झौतामा धौलागिरीको तर्फबाट अध्यक्ष इश्वरलाल राज भण्डारी र खप्तडको तर्फबाट अध्यक्ष सुमन प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार मर्जर पश्चात् बन्ने कम्पनीको नाम धौलागिरी लघुवित्त नै रहनेछ भने अध्यक्षमा  इश्वरलाल राज भण्डारी रहने छन्  ।

सम्झौतासँगै मर्जरको लागि मर्जर संयोजक समिति गठन भएको छ । समितिको सदस्यहरुमा धौलागिरीबाट संचालकद्वय हरि प्रसाद शर्मा र सिर्जना थापा रहेका छन् भने खप्तडबाट संचालकद्वय रणदेव कृष्ण श्रेष्ठ र डबल बहादुर शाह रहेका छन् ।  

धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडले साउन २४ गते, मंगलबारबाट साउन २९ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर निष्कासन गरेको थियाे । कुल कित्ताको ५ प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सेयर सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने ५ हजार १५५ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ३ लाख ९ हजार २९५ कित्ता सर्वसाधारणलाई बिक्री गरिएकाे थियाे । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको धौलागिरीले बाग्लुङ्ग नगरपालिका—२, श्रीनगर टोल, बाग्लुङ्गमा रजिष्टर्ड कार्यालय मार्फत आफ्नो कारोबार संचालन गर्दै आइरहेको छ ।  

त्यसैगरी, खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले भदाै ८ गतेदेखि भदाै १२ गते, आइतबारसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर निष्कासन गरेको थियाे । जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी १ लाख २३ हजार ४०० कित्ता सर्वसाधारणलाई छुट्याइएकाे थियाे । सुदूरपश्चिममा कार्यक्षेत्र रहेको खप्तड लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको