Like us!
Follow us!
Connect us!
Watch us!

खप्तड लघुवित्तको आईपीओ साेमबार बाँडफाँड हुँदै, सेयर पाउन भाग्यकै भर

अर्थ संसार

आइतबार, १९ भदौ २०७९, १५ : ०४ मा प्रकाशित

खप्तड लघुवित्तको आईपीओ साेमबार बाँडफाँड हुँदै, सेयर पाउन भाग्यकै भर

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले भदाै ८ गतेदेखि भदाै १२ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड भाेलि (भदाै २० गते, साेमबार) हुँदैछ ।  

निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार उक्त आईपीओमा साेमबार बिहान १० बजे, क्यापिटलकै कार्यालयमा बाँडफाँड गरिनेछ । 

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर निष्कासन गरेको थियाे । जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी १ लाख २३ हजार ४०० कित्ता सर्वसाधारणलाई छुट्याइएकाे थियाे । 

अन्तिम दिनसम्म १८ लाख ५० हजार १ सय ३२ जना लगानीकर्ताहरूले २ अर्ब ४ करोड २२ लाख ४० हजार रुपैयाँ बराबरको २ करोड ४ लाख २२ हजार ४ सय कित्ताका लागि आवेदन दिएका छन् । 

माग भन्दा धेरैको आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी १२ हजार ३ सय ४० जना लगानीकर्ताहरूले मात्रै १० कित्ता सेयर प्राप्त गर्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको