Like us!
Follow us!
Connect us!
Watch us!

१९ बुँदे माग कार्यान्वयन गर्न समिति गठन

अर्थ संसार

शुक्रबार, १० असार २०७९, १२ : ४६ मा प्रकाशित

१९ बुँदे माग कार्यान्वयन गर्न समिति गठन

सेयर लगानीकर्ताहरूले आन्दोलन मार्फत् उठाएका पूँजी बजार सुधार र विस्तारका लागि तत्काल गर्नुपर्ने १९ बुँदे मागहरू कार्यान्वयन गर्न समिति गठन भएको छ ।

उक्त समितिमा लगानीकर्ताहरूको तर्फबाट पूँजी बजार सुधार संघर्ष समितिका तर्फबाट अध्यक्ष रोहन कार्की र आन्दोलनमा खटिएका अग्रज लगानीकर्ता एसपी चौलागाँई रहेका छन् । त्यस्तै, नेपाल धिताेपत्र बाेर्डले ताेके बमाेजिम नेपाल सरकारबाट मान्यता प्राप्त लगानीकर्ता संघका प्रतिनिधिहरू पनि समितिमा रहनेछन् । 

सेबाेन अध्यक्ष हमालको हातबाट जुस पिएर तिलक कोइरालाले तोडे अनसन, माग सम्बोधन गर्ने सहमति !

त्यस्तै, नियामक निकाय नेपाल धितोपत्र बोर्डको तर्फबाट कार्यवाहक कार्यकारी निर्देशक मुक्ति नाथ श्रेष्ठ र विनय देव आचार्य रहेका छन् ।

यो कार्यान्वयन समितिले कुन(कुन काम कुन मिति भित्र कसरी सम्पन्न गर्ने भन्ने कुराको तय र छलफल गर्नेछ ।

 

62b5a7aa68810.jpg 62b5a7addaf93.jpg 62b5a7af8d470.jpg 62b5a7b157e7f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको