Like us!
Follow us!
Connect us!
Watch us!

सेबाेन अध्यक्ष हमालको हातबाट जुस पिएर तिलक कोइरालाले तोडे अनसन, माग सम्बोधन गर्ने सहमति !

अर्थ संसार

शुक्रबार, १० असार २०७९, १२ : १५ मा प्रकाशित

सेबाेन अध्यक्ष हमालको हातबाट जुस पिएर तिलक कोइरालाले तोडे अनसन, माग सम्बोधन गर्ने सहमति !

आमरण अनसन सुरू भएको दशौँ दिनमा पूँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले अनसन तोडेका छन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको हातबाट जुस पिएर उनले अनसन तोडेका हुन् ।

लगानीकर्ताहरूको मागहरू बोर्डले सम्बोधन गर्ने भएसँगै अनसन तोडिएको हो । बोर्डले उक्त मागहरू सम्बोधन गर्न लगानीकर्ताहरूले भने बमोजिम नै कार्यान्वयन समिति गठन गरेको छ ।

तल उल्लेख गरिए अनुसारको कार्य गर्ने गराउने गरी आज असार १० गते, शुक्रबार समिति र बोर्डबीच सहमति भई आजैका मितिदेखि आमरण अनसन अन्त्य गरिएको हो ।

तल उल्लेख गरिए अनुसारको कार्य गर्ने गराइनेछ :

अर्थ मन्त्रालयले गठन गरेको मुद्रा तथा पूँजी बजारका समस्या अध्ययन गर्न गठन गरेको अध्ययन समतिको ५८ बूंदे सुझावका बाँकी काम गर्न गराउन पूँजी बजारको समस्या सम्बन्धमा अर्थ मन्त्रालयसँग निकट रहेर कार्य गर्ने । 

बाणिज्य बैंकका सहायक कम्पनी र अन्य संस्थागत पब्लिक कम्पनीहरुलाई बोकर लाइसेन्स प्रदान गर्ने सम्बन्धमा नेप्सेसँग आवश्यक समन्वय गर्ने । 

कमिशन ब्रोकर र फुल ब्रोकर सम्बन्धमा थप अध्ययन गरी कार्य अगाडि बढाइने । 

धितोपत्र दलाल व्यवसायीको विगत १५ महिनामा २३ स्थानमा शाखा कार्यालयका लागि पूर्वाधार तयार गर्न सूचित गरेकोमा आठ स्थानमा शाखा कार्यालय स्थापना स्वीकृति गरिएको छ । तथा थप १६ स्थान स्वीकृत दिने प्रकृया तत्काल अगाडि बढाइने । 

गैर आवसीय नेपालीहरुलाई पुँजी बजारमा लगानीको वातावरण तयार गर्न हाललाई विदेशमा काम गर्ने श्रमिकहरुलाई सार्वजनिक निष्काशनमा १० प्रतिशत आरक्षण गर्ने काम अन्तिम चरणमा रहेकोले आगामी २०७९ श्रावण देखि कार्यान्वयनमा आउने ।

सार्वजनिक ओहदामा रहेकाहरुलाई पूँजी बजारको बारेमा सकारात्मक वा नकारात्मक अभिव्यक्ति नदिने सम्बन्धमा बोर्डले संचालन गर्ने वित्तीय साक्षरताको कार्यक्रममा उक्त विषयलाई विशेष जोड दिने र यस सम्बन्धमा बोर्डले समय समयमा विज्ञप्ती जारी गर्ने ।

नेप्सेमा रहेको सरकारी स्वामित्व तत्काल विनिवेश गरी रणनीतिक साझेदार ल्याउने र संस्थागत सुदृढिकरण गर्ने सम्बन्धमा नेपाल सरकार, अर्थ मन्त्रालयसँग आवश्यक समन्वय गर्ने ।

साना तथा मझौला उद्यमहरुको धितोपत्र कारोबारका लागि एसएमईज प्ल्याटफर्म संचालनका लागि नेप्सेले कार्यविधि तयार गरिसकेको र सो सम्बन्धी प्राविधिक व्यवस्था मिलाउने कार्य भैरहेकोले २०७९ भदौ महिना सम्म कार्यान्वयनमा ल्याउनका लागि पहल गर्ने ।

धितोपत्र बजारमा लिईने शुल्कका सम्बन्धमा बोर्डबाट अध्ययन सम्पन्न हुने क्रममा रहेकोले सोको प्रतिवेदन प्राप्त भएपश्चात सबै सरोकारवालाहरुको उचित राय सुझाव लिई अन्तिम रुप दिने ।

दीर्घकालिन लगानीकर्ताका लागि ३ प्रतिशत मात्र पूंजीगत लाभकर लाग्ने सम्बन्धमा नेपाल सरकार, अर्थ मन्त्रालयसँग आवश्यक समन्वय गर्ने ।

मागको बुँदा ११ को सम्बन्धमा धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७४ कार्यान्वयन पश्चात टिएमएस सञ्चालन गर्दा प्राविधिक रुपमा सम्भाव्य भएमा उक्त व्यवस्था समेट्ने सम्बन्धमा आवश्यक कार्य अगाडि बढाइने छ।

मागको बूंदा १२ को सम्बन्धमा नेपाल सरकार, अर्थ मन्त्रालयसंग समन्वय गर्ने।

धितोपत्र बजारमा नयाँ औजार भित्रयाउने सम्बन्धमा नेपाल स्टक एक्सचेञ्ज लि। बाट अध्ययन भई कार्यान्वयनको चरणमा रहेकोले सोको लागि आवश्यक कार्य अगाडि बढाइने ।

मागको बँदा १४ सम्बन्धमा नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बीमा समितिसंग आवश्यक समन्वय गर्ने।

मागको बूंदा १५ सम्बन्धमा नेपाल राष्ट्र बैंकसँग आवश्यक समन्वय गर्ने ।

मागको बूंदा १६ सम्बन्धमा आवश्यक अध्ययन गरी कार्य अगाडि बढाइने ।

मर्जर तथा एक्विजिसन सम्बन्धमा रहेको अन्यौलता हटाउन नेपाल राष्ट बैंक, बीमा समिति र नेप्से सम्मलित समिति गठन भइसकेको र उक्त समितिबाट प्राप्त हुने प्रतिवेदन बमोजिम कार्य तत्तकाल कार्य अगाडि बढाइने।

मागको बूँदा १८ को सम्बन्धमा नेपाल राष्ट्र बैंकसँग समन्वय गर्ने ।

मागको बूंदा नं. १९ को सम्बन्धमा पूँजी बजार र शेयर मूल्यलाई प्रभाव पार्ने सम्बन्धी नीति नियम लागू गर्दा लगानीकर्ताले पूर्व तयारी गर्न सक्ने गरी आवश्यक समय प्रदान गर्ने ।

सहमतिपत्र हेर्नुहाेस् :

62b55d9b6cd53.jpg 62b55d9d83309.jpg 62b55dbb8697c.jpg 62b55dbd7df07.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको