Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषको लाभांश सर्वसाधारण, सरकार, राष्ट्रिय बिमा संस्थान देखि नेप्से सम्मले पाउने

अर्थ संसार

सोमबार, १३ असार २०७९, १४ : ५७ मा प्रकाशित

नागरिक लगानी कोषको लाभांश सर्वसाधारण, सरकार, राष्ट्रिय बिमा संस्थान देखि नेप्से सम्मले पाउने

नागरिक लगानी कोषले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर सहित ३१.५७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कोषले प्रस्ताव गरेको उक्त लाभांश बाट सरकार, सर्वसाधारण, राष्ट्रिय बिमा संस्थान देखि नेपाल स्टक एक्सचेन्ज(नेप्से) सम्म लाभान्वित हुने भएका छन् ।  

हाल कोषमा सबैभन्दा बढि सेयर राष्ट्रिय बिमा संस्थानको रहेको छ । कोषमा संस्थानको ३१.५५ प्रतिशत स्वामित्व रहेको छ । त्यस्तै कोषमा नेपाल सरकारको २३.३४ प्रतिशत, सर्वसाधारणरको २० प्रतिशत, नेपाल स्टक एक्सचेन्जको १० प्रतिशत र बाँकी १५.११ प्रतिशत स्वामित्व विभिन्न बैंक तथा वित्तिय संस्थाहरुको रहेको छ ।

कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको मुनाफाबाट सबैभन्दा बढि बोनस राष्ट्रिय बिमा संस्थानले पाउने छ । संस्थानले कोषबाट ३० लाख ९५ हजार ५५ कित्ता बोनस सेयर प्राप्त गर्ने छ । त्यस्तै सरकाले पनि कोषबाट गत आर्थिक बर्षको मुनाफा बापत २२ लाख ९० हजार ६३५ कित्ता सेयर प्राप्त गर्ने छ । 

नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले पनि गत बोनस बापत कोषबाट ९ लाख ८१ कित्ता बोनस पाउने छ भने सर्वसाधारण लगानीकर्ताहरुले १९ लाख ६२ हजार कित्ता बोनस सेयर प्राप्त गर्नेछन् ।  

कोषले गत आर्थिक बर्षको मुनाफाबाट लाभांशको घोषणा गरिसकेको भएता पनि हालसम्म साधारण सभा डाकेको छैन भने बुकक्लोज मिति समेत तय गरेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको