Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रालयले गठन गरेको पूँजी बजार सुझाव समितीले माग्यो ब्रोकरसंग सुझाव

अर्थ संसार

सोमबार, १३ असार २०७९, १७ : ५४ मा प्रकाशित

अर्थमन्त्रालयले गठन गरेको पूँजी बजार सुझाव समितीले माग्यो ब्रोकरसंग सुझाव

अर्थमन्त्रायले गठन गरेको पूँजी बजार सुधार सुझाव समितीले पूँजी बजारको विकासका लागि धितोपत्र दलाल(ब्रोकर) हरुसंग आवश्यक सुझाव माग गरेको छ । समितीले सरोकारवाला विभिन्न निकायहरुसंग आवश्यक छलफल गरी सुझाव पेस गर्नेछ । 

'अर्थमन्त्रालयले गठन गरेको सुझाव समितीबाट बजारको विकासका लागि गर्नुपर्ने कामहरु र ब्रोकरका समसयाहरुका बारेमा आवश्यक सुझाव माग भएको छ अब सबैले बजारको अवस्था र समस्याका बारेमा समितीलाई जानकारी गराउनुका साथै केहि सुझाव समेत दिन्छौ' एक ब्रोकरले अर्थसंसारसंग भने । 

अर्थमन्त्री जनार्दन शर्माले धितोपत्र बोर्डको ३० औँ वार्षिकोत्सवमा धितोपत्र विकासका लागि सुझाव समिती गठको घोषणा गरेका थिए । समितीको संयोजकमा धितोपत्र बोर्डका निमित्त कार्यकारी निर्देशक नियदेव आचार्य छन् भने समितीको सदस्य सचिवमा बोर्डकै उपकार्यकारी निर्देशक रुपेश केसी रहेका छन् । समितीमा अर्थ मन्त्रालय र राष्ट्र बैंकका एक एक जना प्रतिनिधीहरु रहेका छन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको