Like us!
Follow us!
Connect us!
Watch us!

श्रीलंकामा निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ नदिईने

अर्थ संसार

मंगलबार, १४ असार २०७९, १५ : ३१ मा प्रकाशित

श्रीलंकामा निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ नदिईने

श्रीलंकाले अत्यावश्यक बाहेकका सवारीसाधनलाई इन्धन बिक्री नगर्ने भएको छ । आर्थिक संकटबाट गुज्रिरहेकोले आगामी दुई हप्तासम्म सार्वजनिक यातायात, रेलका साथै औषधि र खाद्यान्न ढुवानी गर्ने गाडीलाई मात्र इन्धन दिने निर्णय सरकारले गरेको हो।


सरकारले सकभर घरबाटै काम गर्न र शहरी क्षेत्रका विद्यालय बन्द गर्न समेत निर्देशन दिएको छ । हाल श्रीलंकासंग ९ हजार टन डिजेल र ६ हजार टन पेट्रोल मात्रै बाँकी छ ।


श्रीलंकाको सरकारले इन्धन आपर्तिलाई सहज बनाउन रसिया र कतारमा आफ्ना प्रतिनिधि पठाएको छ । उनीहरुले ती राष्ट्रसँग सस्तोमा पेट्रोल र डिजेल उपलब्ध गराउन अनुरोध गरिरहेको अन्र्तराष्ट्रीय सञ्चारमाध्यमले जनाएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको