साताको सेयर कारोबार हुने दोस्रो दिन नेप्से परिसूचक सामान्य बढेर बन्द भएको छ । आज सेयर बजार परिसूचक ६.११ अंकले बढेर बन्द भएको हो ।
अघिल्लो दिन १ प्रतिशतभन्दा बढीले घटेको नेप्से परिसूचक आज २५७६.२९ विन्दुमा पुगेको छ छ । आज सेयर बजारमा १६४ कम्पनीको सेयर मूल्य बढेको छ भने १०१ कम्पनीको सेयर मूल्य घटेको छ । आज १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.७९ अंकले बढेर ४५१.३४ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य बढेको छ भने एउटाको घटेको छ । परिसूचक सामान्य अंकले बढेको दिन कारोबार रकम पनि बढेको छ ।
आज सेयर बजारमा ३८३ कम्पनीका १ करो८ ८२ लाख ९३ हजार ५९६ कित्ता सेयर ५३ हजार ८५४ पटक खरिद बिक्री हुँदा ८ अर्ब ४१ करोड ७५ लाख ७० हजार ४२५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस