Like us!
Follow us!
Connect us!
Watch us!

‘खबरदार ! मर्जरमा फोर्स गर्ने बीमा समितीले नयाँ लाइसेन्स दिए अध्यक्षको घर घेर्छाै’

अर्थ संसार

मंगलबार, १४ असार २०७९, १७ : ३२ मा प्रकाशित

‘खबरदार ! मर्जरमा फोर्स गर्ने बीमा समितीले नयाँ लाइसेन्स दिए अध्यक्षको घर घेर्छाै’

अहिले देशमा मनसुन भित्रियसंगै किसानहरुलाई धान रोपाईको चटारो छ त्यत्यस्तै चटारो अहिले विभिन्न बीमा कम्पनीहरुलाई समेत परेको छ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितीले असार मसान्तसम्ममा मर्जरमा जान दबाव दिएपछि अहिले बीमा कम्पनीहरुलाई किसानलाई भन्दा बढि चटारो छ । 

यकातिर पूँजी बृद्धिका नाममा बीमा समितीले बीमा कम्पनीहरुलाई मर्जरमा जान बाध्य पारिरहेको छ भने अर्को तर्फ नयाँ बीमा कम्पनीहरुलाई लाईसेन्स बाड्ने समाचार बाहिरिएपछि सामाजिक सञ्जाल मार्फत लगानीकर्ताहरुले चर्को विरोध गरिरहेका छन् ।

कम्पनीको बृद्धि विकास र स्थायित्वका लागि भन्दा पनि मर्जरका नाममा बीमा कम्पनीहरुको संख्या घटाएर आफुअनुकुल आर्थिक चलखेलका आधारमा नयाँ लाइसेन्स बाड्ने खेल भएको हुनसक्ने कतिपय लगानीकर्ताहरुको आरोप छ ।  

नेपालको पूँजी बजारका सक्रिय लगानीकर्ता हरि ढकालले आफ्नो फेसबुकमा लेखेकाछन् ‘बिमा क्षेत्रमा सुशासनका पर्यायवाची पुर्व अध्यक्ष डा. फत्त बहादुर के।सि। ले आफ्नो कार्यकालमा बिवादमा आउने काम कहिल्यै गरेनन्। नत उनले कतैबाट प्रभावित  भएर गलत काम नै गरे नत बिमा कम्पनीहरुलाई अनावश्यक हस्तक्षेप नै गरे। तैपनी उनको पालामा जत्तिको सुशासन कहिल्यै देखिएन। त्यसपछी का अध्यक्ष चिरन्जिवी चापागाईं अध्यक्ष हुने बित्तिकै डा. फत्त बहादुर के. सि ले रोकेर राखेको नयाँ बिमा कम्पनीको फाईल सदर गर्दै भटाभट नयाँ लाईसेन्स बाँढ्दै बिमा क्षेत्रमा बिकृती नै भित्र्याए। यस्तो लाग्थ्यो उनि लाईसेन्स बाँढ्न कै लागी पदबहाली भएका हुन् ।’ 

ढकालले यदि अहिले मर्जरका नाममा बिमा कम्पनीको सँख्या घटाए लगत्तै फेरी नयाँ लाईसेन्स बाढियो भने अब लगानीकर्ताले बीमा कम्पनी नभई वर्तमान अध्यक्षको घर घेर्ने चेतावनी समेत दिएका छन् । ‘बर्तमान अध्यक्ष सुर्य प्रसाद सिलवाल अहिले बिमा कम्पनीलाई मजबुत बनाउन भनेर कम्पनीहरुलाई मर्ज गरी संख्या घटाउने अभियानमा छन्। उनले चालेको कदमले बिमा कम्पनीहरु बलियो हुनुका साथै सुशासन कायम हुने अपेक्षा गर्न सकिन्छ। तर कथंकदाचित उनले बिमा कम्पनीको सँख्या घटाए लगत्तै फेरी नयाँ लाईसेन्स बाँढे भने बिमा क्षेत्रको यो जत्तिको बिकृत रुप कहिल्यै देखिने छैन। फलस्वरुप यो पटक भने लगानिकर्ताहरु बिमा समिती नभई सुर्य प्रसाद सिलवालको घर घेर्न जानेछन्।’

कतिपय लगानीकर्ताहरुले त बजारमा अहिले देखिएको गिरावटको प्रमुख कारण नै बीमा समितीको मर्जरको निती भएको तर्क गर्छन । एक लगानीकर्ताले लेख्छन् ‘अहिले बजार घटेको प्रमुख कारण पनी एहि हो जुन घुमाउरो पारामा फालिएको छ र त्रसित बनाइ कित्ता थुतिएको छ, बिमाको डिमाण्ड हेर्दा ६० ७०५ डाउन हुदा पनी अझै डिमान्ड नगन्य नै छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको